नेपाल विज्ञान, प्रविधि तथा नवप्रर्तन प्रज्ञा प्रतिष्ठानको अन्तरिम व्यवस्थापन समिति गठन भएको छ ।

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ को दफा ५३ (संक्रमणकालीन व्यवस्था) बमोजिम प्राज्ञ सभाको गठन तथा अध्यक्ष र उपाध्यक्षको नियुक्ति नभएसम्मका लागि नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठानको काम कारवाही सञ्चालन गर्न बढीमा तीन महिनाका लागि डा. जनार्दन लामिछानेको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा डा. गोपाल बहादुर केसी, डा. सुनिल कुमार सिंह, डा. बबिता पौडेल, डा. रेश्मा श्रेष्ठ रहनुभएको छ ।