नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार बाह्य शक्तिको खेलौना बनेको आशंका उत्पन्न भएको बताएका छन् ।

आज रुपन्देहीको बुटवलमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले सरकारको कार्यशैलीले मुलुकभित्र मात्रै नभई बाह्य छिमेकी मुलुकमा समेत यस्तो आशंका पैदा गरेको बताए ।