सत्याग्रही चिकित्सक डा. गोविन्द केसीले शिक्षा तथा खेलकुद मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै माग सम्बोधन नभएसम्म सत्याग्रह जारी राख्ने बताएका छन् ।

आफ्नो २५औँ सत्याग्रहको छैटौँ दिन बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारको नीति, कार्यशैली र दृष्टिकोण सुशासन तथा सामाजिक न्यायको मान्यताविपरीत रहेको आरोप लगाए ।