नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही सूचना प्रवाह गर्न आवश्यक रहेको बताएकी छन्।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै भण्डारीले पार्टीका उपलब्धिको मूल्यांकन हुनुपर्ने बताइन्।