सर्वसाधारणको आउजाउ बाक्लो छ । आउनेहरु सुरुमा गाईको पुजा गर्छन् । पुरोहितको मन्त्रोचरणसँगै जल, पुष्प, दिप अर्पण गरेर गाईको शीर, पाऊ र पुच्छर ढोग्छन् ।
गाईलाई फलफूल खुवाउँछन् । कोही नुन, चोक्कर र पराल ल्याएर खुवाउँछन् । यो दृश्य सोमबार बिहान तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मरेतरामा रहेको गौसंरक्षण केन्द्रको हो । तिहारअन्तर्गत सोमबार बिहान यहाँ गाई पूजा गरिएको छ ।








