काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका लागि बानियाँविरुद्ध पक्राउ अनुमति लिएको हो । बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि उनीविरुद्ध गत साता नै अदालतबाट पक्राउ अनुमति लिइएको केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
यसअघि फरक मुद्दामा पूर्वमुख्यसचिव एकनारायण अर्याललाई पनि पक्राउ गर्न सीआईबीले अदालतबाट अनुमति लिएको थियो ।








