ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा गरेकी छन् । तर, मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकाले स्वदेश फर्किए उनी पक्राउ पर्ने सम्भावना छ ।

विद्यार्थी नेतृत्वको जनविद्रोहपछि १५ वर्ष लामो शासन अन्त्य भएपछि हसिना सन् २०२४ अगस्ट ५ मा बङ्गलादेश छाडेर भारत गएकी थिइन् । प्रदर्शनका क्रममा सयौँ मानिसको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा उनीमाथि मुद्दा चलाइएको थियो । अदालतले सुनाएको मृत्युदण्डको फैसला अस्वीकार गर्दै आएकी हसिनाले स्वदेश फर्किएर कानुनी लडाइँ लड्ने बताएकी छन् ।