युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री यादवले बालश्रमलाई पूर्ण रूपमा निषेध मात्र गर्दा व्यवहारिक नहुने भएकाले बालश्रमलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ कानून बनाउन खोजिएको बताएका हुन् ।