आरएमसी ग्रुपअन्तर्गत सञ्चालित आरएमसी फुड्स प्रालिले नेपाल सरकारबाट दुईवटा महत्वपूर्ण राष्ट्रिय सम्मान प्राप्त गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरअन्तर्गत उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताका रूपमा सम्मान प्राप्त गरेको छ। त्यसैगरी, आर्थिक वर्ष २०८२/०८३ मा नेपालबाट सबैभन्दा बढी रकमको वस्तु तथा सेवा निर्यात गर्ने स्वदेशी कम्पनीका रूपमा ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’ सम्मानसमेत प्राप्त गरेको छ।
२०८३ साल मंसिर ७ गते “कर न्याय र सुशासनको सुनिश्चिततास् समृद्धिमा नागरिक सहभागिता” भन्ने मूल नाराका साथ आयोजित राष्ट्रिय कर दिवस–२०८३ को विशेष समारोहमा कम्पनीलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको हो। आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत मुकुन्द पोखरेल तथा आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालद्वारा संयुक्त रूपमा हस्ताक्षरित सम्मानपत्र कम्पनीका निर्देशक यश अग्रवाललाई प्रदान गरिएको थियो।








