माहुरीको चाकालाई नजिकबाट नियाल्ने जोकोहीलाई एकपटक अवश्य अचम्म लाग्छ, बिना कुनै स्केल, कम्पास वा इन्जिनियरिङ नक्सा, माहुरीले यति सटीक षट्कोण आकारका कोठाहरू कसरी बनाउँछ ?

सदिऔँदेखि वैज्ञानिक र गणितज्ञहरूका लागि माहुरीको चाका एउटा ठूलो रहस्यको विषय बन्यो । सन् १८५९ मा प्रसिद्ध वैज्ञानिक चार्ल्स डार्विनले समेत माहुरीको चाकालाई ‘प्रकृतिको सबैभन्दा अद्भुत वास्तुकला’ को संज्ञा दिएका थिए । तर, तिलको दाना जत्रो सानो मस्तिष्क भएको माहुरीले वास्तवमै ज्यामितिको हिसाबकिताब जानेर यस्तो संरचना बनाउँछ त ?