प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुई दिने भ्रमण सकाएर मंसिर ७ गते नेपाल फर्किसकेका छन्। प्रधानमन्त्री शाहको भ्रमण समग्रमा सफल भएको बताइए तापनि सीमा विवादको विषयलाई थाँती राखेको विषयमा भने आलोचना भइरहेको छ।

दुवै देशका सरकारले गठन गरेको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदनको सन्दर्भ सकिएको भारतले स्पष्ट पारेपछि लामो समयदेखि कायम नेपाल–भारतबिचको सीमा विवाद झन् पेचिलो बन्ने देखिएको छ। ईपीजी प्रतिवेदनका आधारमा सीमा विवाद समाधान हुने धेरैको बुझाइ रहे पनि भारतले त्यसको औचित्य नै समाप्त भएको बताएपछि समस्या थप गिजोलिएको हो।