नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान अनुसार नै स्थानीय र प्रदेशसभाको निर्वाचन हुनुपर्ने बताएका छन्। आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुवै सरकार संविधान अनुसार ५ वर्ष चल्न पाउनुपर्ने बताए।
उनले भने, ‘हामीले सँगै र छुट्टाछुट्टै भन्ने विषयलाई बहसको विषय बनाउन हुँदैन। संविधानले र कानुनले जे भनेको छ त्यही हुनुपर्छ। पाँच वर्ष दुवै सरकार पाउनुपर्यो। त्यसो गर्दा प्रदेश सभाको अवधि मंसिर ५–७ गतेसम्म छ। स्थानीय तहको अवधि जेठ ५ गतेसम्म छ। जेठ ५ गतेलाई आधार बनाएर स्थानीय तहको निर्वाचन वैशाख र मंसिर पहिलो हप्तालाई आधार बनाएर कात्तिकमा या मंसिरको पहिलो हप्तामा प्रदेशको चुनाव हुनुपर्यो।’








