प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई आवश्यक जानकारी तथा कूटनीतिक ‘ब्रिफिङ’ नगरिएको भन्दै नेपाली कांग्रेसका नेताले आपत्ति जनाएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा यस विषयमा असन्तुष्टि जनाइएको हो ।

कांग्रेस महामन्त्री डा. डिला संग्रौला (पन्त)ले प्रधानमन्त्री शाहको उक्त भ्रमण व्यक्तिगत नभई राज्यका तर्फबाट भएकाले राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने बताइन् । “प्रधानमन्त्रीले भारतको औपचारिक भ्रमण गर्ने, राष्ट्रपतिसँग न जाँदाखेरि ब्रिफिङ छ न फर्किंदाखेरि ब्रिफिङ छ,” उनले भनिन्, “घरको डुलाइ हो यो ? व्यक्तिको भ्रमण त होइन नि ।”