चितवन ,देवघाटधाम ।श्रावण दोश्रो हप्ता सोमबारको दिन आज पनि भक्तजनको बाक्लो घुइचो रह्यो ।हिन्दु धर्मावलम्बीहरुको पबित्र स्थल देवघाट धाम मा माघेसक्रन्ति ,जनैपूर्णिमा ,शिवरात्रिमा जस्तै हरेक वर्ष श्रावण महिनाको हरेक सोमबार तिर्थालु भक्तजनको घुइचो हुनेगर्दछ ।श्रावण महिनालाई भगवान शिवको महिना भनेर पुज्ने गरिन्छ,यस महिनामा पार्वतीले भगवान शिव को निराहारब्रत बसेर भगवान शिव को आराधना गरेकाले भगवान शिवलाइ पतिको रुपमा प्राप्त गरेको भन्ने किम्बदन्ती रहेको छ ।तेस्तै शिवपुराणमा, समुन्द्र मन्थन गर्दा निस्केको बिष लाई भगवान शिवले श्रावण महिनामै पिएर संसारलाई बिष को प्रभाव बाट बचाएका थिए भन्ने बिश्वास रहेकाले पनि यस महिना भगवान शिवको बिशेष महत्व रहेको छ ।श्रावण महिना तेस्मा पनि सोमबारको दिन ब्रत र बिशेस पुजा गर्नाले आटेक सबै कुरा पुरा हुने बिश्वास गरिन्छ।श्रावण महिनामा ब्रत बस्नाले असल जीवनसाथी प्राप्त हुने ,पारिवारिक सुख हुने,सन्तान प्राप्ति हुने ,व्यापार ब ब्यबसाय मा सफलता पाइने , स्वास्थ्य सबल हुने ,सम्पूर्ण संकट निवारण हुने बिश्वास गरिन्छ।श्रावण महिनाको यस समयमा देशका सम्पूर्ण शिव मन्दिरहरुमा भक्तजनको घुइचो हुने गर्दछ ।यस्ता चाड र पर्बले धार्मिक पर्यटन र धार्मिक सहिष्णुता मा वृद्धि ल्याउने गरेकोछ ।