काठमाडाै ।आगामी मंसिर ४ गतेका लागि आम निर्वाचनको मिति तय भएसँगै दलहरु निर्वाचनको तयारीमा जुटेका छन् । पार्टीको नीति तथा कार्यक्रम बोकेर जनताको घरदैलोमा पुग्नुपर्ने नेताहरु गठबन्धनको तयारीमा जुटेका छन् ।

गठबन्धनसँग एमाले एक्लै भिड्ने स्थिति बन्यो भने विगतको भन्दा कम सिट प्राप्त हुने निश्चित छ ।तर पनि एमालेलाई बहुमत प्राप्त हुने दावी गर्दै आएको छ । तसर्थ उसले गठबन्धनमा रहेका वामपन्थी दलहरुलाई कांग्रेसको साथ छाडेर तालमेल गर्न आह्वान गरेको छ ।

सत्ता गठबन्धन दलहरुले स्थानीय तह निर्वाचनमा जसरी नै आम निर्वाचनमा पनि तालमेल गरेरै अगाडि बढ्ने निर्णय गरिसकेका छन् । गठबन्धन भत्काउन सकिन्छ कि भन्ने सोच राखेको नेकपा एमालेको प्रयास सफल हुन सकेन । अहिलेसम्मको परिस्थितिलाई हेर्दा नेकपा एमालेले कि साना दलरुलाई मिलाएर गठबन्धन गर्नुपर्छ होइन भने एक्लै चुनावमा होमिनुपर्छ ।

गत २०७४ को आम निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। यतिखेर भने फरक विचार र सिद्धान्त बोकेका दलबीचको गठबन्धन बनेको छ ।यतिबेला आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विगतका कम्युनिष्ट वा वाम गठबन्धनभन्दा पर गोलमटोल गठबन्धन बन्ने भएको छ । सत्तारुढ दलहरुले यो गठबन्धनलाई लोकतान्त्रिक प्रगतिशील गठबन्धन भन्न थालेका छन् ।

आउदै गरेको ४ गतेको चुनाब लाई सम्पुर्ण जनताले बिबेक को प्रयोग गर्नुहोला भन्ने आशय सहित यो अभियान चलाइएको जनाइएको छ।