प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर २ उम्मेदवार उमेश श्रेष्ठ सवार गाडीमा तोडफोड भएको छ । आज विहान ११ बजेको समयमा भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेज नजिकै ३ वटा मोटरसाइकलमा आएका समूहले ढुंगा हानेर गाडीको सिसा फुटाएको प्रहरीले जनाएको छ ।
बा ३ च २०५० नम्बरको हरियो रंगको गाडीमा तोडफोड हुँदा अगाडिको सिसा फुटेको छ । उनी गाडि रोकेर आमा समूहले गरेको कार्यक्रममा सहभागि हुन गएका थिए । मोटरसाइकलमा आएका तीन जनाको समुहले सिसा फुटाएर भागेको स्थानीयलाई उदृढ गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले बताउनुभयो ।
तोडफोड गर्नेको खोजी कार्य भइरहेको छ । अहिले सिसिटिभी फुटेज हेर्ने काम भएको उहाँले बताउनुभयो । राज्यमन्त्री समेत रहेका श्रेष्ठ गठबन्धनका साझा उम्मेद्वार हुनुहुन्छ । यसअघि गठबन्धनको टोलिले रवि लामिछानेको गाडि तोडफोड गरेको थियो ।








