चितवन क्षेत्र नं. ३ मा जारी मतगणनाको पछिल्लोे नतिजाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको अग्रता कायमै रहेको छ । चितवन ३ मा राप्रपाका उम्मेदवार पाण्डेले १२ हजार ६ सय ५४ मतसहित अगाडि छन्।
पाण्डेका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले ७ हजार १ सय ३१ मत ल्याएकी छन्। पाण्डे र बरालबीच ५ हजार ४ सय ११ मतान्तर छ।
यस्तै गठबन्धनका साझा उमेदवार डा. भोजराज अधिकारीले ७ हजार २ सय ४१ मत प्राप्त गर्दा स्वतन्त्रका माछा चिन्हका उमेदवार दिनेश कोइरालाले ४ हजार ६ सय ५ मत मात्र प्राप्त गर्नु भएको छ ।