अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।पाणिनि गाउँपालिका-८ पालीमा आज बिहान लु २ त ९२७१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय १८ वर्षीय हुमबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए।

दुर्घटनामा चालक २२ वर्षीय चामबहादुर कुमाल र ३९ वर्षीय शंकर बहादुर कुमाल घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि पाल्पा पठाइएको छ।

ट्याक्टरको ब्रेक फेल भई बाटोबाट अन्दाजी १५० मिटर तल खसी दुर्घटना भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।