काठमाण्डाैँ,

चैत ३ गते हुन उपराष्ट्रपति पदकाे निर्वाचनका लागी  जनता समाजवादी पार्टी(जसपा) का नेता रामसहाय यादव विभिन्न  दलका नेताहरूसँग भाेट माग्न थालेकाे छ।यस्तै साेमबार बिहान यादवले  प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारमा भेट गरी भोट मागेका छन् ।

प्रधानमन्त्री दाहालले भेटका क्रममा  उपराष्ट्रपतिको निर्वाचनबारे गठबन्धनको बैठक बसेर थप निर्णय आश्वासन दिएको जसपाका सांसद प्रदीप यादवले बताए । यादव सत्ता गठबन्धनकै उम्मेदवार भएकाले योजनाबद्ध तरिकाले कसरी अगाडि बढ्ने भन्दै निर्णय हुने प्रधानमन्त्रीले बताएको सांसद यादवले जानकारी दिए ।

प्रधानमन्त्री दाहाललाई भेट्नुअघि उपराष्ट्रपतिका उम्मेदवार यादवले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी भोट मागेका थिए । उक्त भेटमा अध्यक्ष नेपालले उपराष्ट्रपतिको निर्वाचनका लागि सांसदहरूलाई प्रशिक्षण दिने लगायतका विषयमा गरेको सांसद यादवले बताए । भेटमा नेपालले सामूहिक भेटघाटका कुरा पनि गरेका थिए ।

उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतलाई भेट गर्ने कार्यक्रम रहेको सांसद यादवले जानकारी दिए ।