काठमाण्डाैँ,
स्ववियु निर्वाचनबारे विवाद हुँदा बाजुरामा झडप भएको छ । सत्ता गठबन्धन निकट विद्यार्थी र एमाले निकट अनेरास्ववियुको बीचमा झडप हुँदा प्रहरीले गोली चलाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कविन्द्रसिंह बाेहरालेे बुढीनन्दा क्याम्पस, कोल्टीमा भएको झडप नियन्त्रणमा लिन हवाई फायर गरिएको रातोपाटीलाई बताए ।
प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ ।यस्तै झडपमा परेर दुईजना प्रहरी घाइते भएका छन् ।








