काठमाण्डाैँ,

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज (सोमबार) जिल्ला अदालत काठमाडौंमा सुनुवाइ हुँदैछ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दामा सुनुवाइ हुन लागेको हो ।

काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपियाँ धरौटीमा छोडेको थियो ।

सन्दीपविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबर्जस्ती करणीको मुद्दा दायर भएको थियो। नाबालिग बलात्कार ​​​​आरोपमा सन्दीपलाई १२ वर्ष कैद सजाय हुनुपर्ने माग दाबी गरिएको छ।

बलात्कार गरेको आरोपमा सन्दीपलाई थुनामुक्त गर्ने उच्च अदालतको आदेश सर्वोच्च अदालतले सदर गरेको थियो । सर्वोच्चको आदेशपछि लामिछाने खेलमा फर्किएका छन्।