काठमाण्डाैँ,
कैलालीमा जिप दुर्घटना हुदाँ एक जनाकाे मृत्यु र तिन जना घाइते भएका छन्।
चुरे गाउँपालिकाको-६ भिमदत्त राजमार्ग अन्तर्गत फल्टुँडेमा जिप दुर्घटना भएको हो। चुरे गाउँपालिका-६ का वर्ष १८ का भानु ठकुन्नाकाे मृत्यु भएकाे हाे।
दुर्घटनामा वर्ष १७ का हरिश धामी,वर्ष १८ की सरस्वती र वर्ष १६ का प्रकाश धामी परि घाइते भएका छन् । घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यलय फलटुडेका अनुसार घाइतेहरू पनि एसईई दिइएर घर फर्किरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन् ।








