काठमाण्डाैँ,

काभ्रेमा धारिलाे हतियार प्रहार गरी आमाकाे हत्या गर्ने आराेपमा पनाैती नगरपालिका ११ का ५२ वर्षीय विष्णुबन्ध थापालाइ प्रहरीले पक्राउ गरेकाे छ।

बुधबार विहान ११ बजे विष्णुबन्धुले आफ्नी ९२ आमा कान्छीमाया थापाकाे हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी ढुण्डीराज न्याैपानेले जानकारी दिएका छन्। यस्तै उनले आक्राेशमा आएर धारिलाे हतियार प्रहार गरी आमाकाे हत्या गरेकाे न्याैपानेले जनाएकाे छ।

साे घटना बारे स्थानियले प्रहरीलाइ खबर गरेकेा थिए। खबर पाएलगत्तै प्रहरी चौकी पनौतीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो।

‘बिहान छोराले आमालाई चिया बनाएर दिएका रहेछन्, खाना खानेबेला आवेगमा आएर खुर्पाले हानेछन्,’ प्रहरी चौकी पनौतीका प्रहरी सहायक निरीक्षक क्षेत्रबहादुर भण्डारीले बताए। साे घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ।