काठमाण्डाै,
सेयर बजार आज दोहोरो अंकले बढेको छ । आज मङ्गलबार सेयर बजार परिसूचक नेप्से आज १०.६६ अंकले बढेर १८४४.३६ विन्दुमा उक्लिएको छ।
आज सबै समूहको सेयर सामान्य अंकले बढेका छन् । यसमा पनि उत्पादन र होटेल समूहको सेयर उच्च अंकले बढेको छ। आज दुई सय ६९ वटा कम्पनीको २८ लाख ३६ हजार कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ६ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएकाे छ।
आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको सेयर साढे ६ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको सेयर साढे आठ प्रतिशतले ओरालो लागेको छ ।








