नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाणकाे निर्वाचित क्षेत्रमा युवाहरुले गरे भ्रष्टाचार विरुद्ध प्रदर्शन

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

नेपालीलाइ नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने  प्रकरणमा संलग्न आराेपमा पक्राउ परेका पुर्वगृहमन्त्री बालकृष्ण खाणकाे निर्वाचित क्षेत्रमा युवाहरुले भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन्।

खाणको निर्वाचन क्षेत्र रुपन्देही- ३ को मणिग्राममा शनिबार बिहान युवाहरुले भ्रष्टाचारको विरोधमा प्ले कार्डसहित प्रदर्शन गरेका हुन्। खाण उक्त क्षेत्रमा मंसिर ४ गते भएको निर्वाचनमा पराजित भएका थिए। खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर जिल्ला अदालतको अनुमतिले थुनामा छन्।

खाणलाइ थप केही दिन अनुसन्धानका लागि थुनामा राख्न प्रहरीले आइतबार पुन: म्याद थप गर्न लैजाने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।