महेन्द्रनगर । अनुसन्धान र नवप्रवर्तनसम्बन्धी विषयमा केन्द्रित १२औँ स्नातकोत्तर सम्मेलन आज जनकपुरधाममा सुरु भएको छ। राजर्षि जनक विश्वविद्यालयको अनुसन्धान केन्द्रको आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.अन्कुर साहले गरे। उनले मुलुकको विकासका लागि अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
सम्मेलनमा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा। अमरप्रसाद यादवले उच्च शिक्षामा अनुसन्धानमुखी वातावरण बनाउन विश्वविद्यालयले पहल गरिरहेको जानकारी दिए। त्यसैगरी, रजिस्ट्रार सत्यनारायण साहले अनुसन्धानले समाजका वास्तविक समस्याको समाधान दिनुपर्नेमा जोड दिए। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा। विनोद यादवले अनुसन्धानका नतिजालाई नीतिनिर्माणमा प्रयोग गर्नुपर्ने बताए।
कार्यक्रममा स्वास्थ्य, विज्ञान, प्रविधि र समाजशास्त्रसम्बन्धी विभिन्न अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिने आयोजकले जनाएको छ । सम्मेलनले अनुसन्धान र नवप्रवर्तनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।








