-क्षितिज बिक्रम खनालबुटवल । बुटवलस्थित भेस्पा तथा अप्रिलिया शोरुमको आयोजनामा सम्पन्न विशेष स्कुटरयात्रा कार्यक्रमले आन्तरिक पर्यटन, मित्रता र सामूहिक यात्राको उत्कृष्ट सन्देश दिएको छ।बिहानै शोरुम परिसरमा भेला भएका सहभागीहरूको उपस्थिति दर्ता, सुरक्षा ब्रिफिङ तथायात्रासम्बन्धी आवश्यक समन्वयपछि आकर्षक ढंगले सजिएका स्कुटरहरूको समूहलेऔपचारिक रूपमा यात्रा सुरु गरेको थियो। अनुशासित रूपमा अघि बढेको स्कुटर र्‍यालीबुटवलका मुख्य सडक हुँदै हरियाली वातावरणतर्फ अघि बढ्दा सर्वसाधारणको समेत ध्यान

आकर्षित गरेको थियो। खुला सडक, प्राकृतिक दृश्य र समूहगत यात्राको उत्साहलेसहभागीहरूलाई फरक अनुभूति दिलाएको बताइएको छ।करिब ४२ किलोमिटर दुईतर्फी दूरी पार गर्दै टोली तिलोत्तमा नगरपालिका–१३, कोटिहवास्थितटाइगर फरेस्ट होटल प्रालिमा पुगेको थियो। होटल व्यवस्थापनले सहभागीहरूलाई आत्मीयस्वागत गर्दै विशेष आतिथ्यता प्रदान गरेको थियो। हरियाली वातावरण, शान्त प्राकृतिकपरिवेश, खुला संरचना तथा व्यवस्थित सेवाले सहभागीहरूको मन जितेको थियो। होटलपरिसरमा साथीभाइसँग बसेर गरिएको खाजा, हाँसो, रमाइलो र आत्मीय संवाद कार्यक्रमको
मुख्य आकर्षण बनेको थियो। सहभागीहरूले प्राकृतिक वातावरणमा स्वादिष्ट परिकारसँगबिताएको समय अत्यन्त स्मरणीय बनेको प्रतिक्रिया दिएका थिए।कार्यक्रमका क्रममा सहभागीहरूले होटल परिसरमा सामूहिक भेटघाट, तस्बिर तथा भिडियोनिर्माणका गतिविधिहरू समेत गरेका थिए। विशेषगरी बियर गार्डेन, खुला विश्रामस्थल तथाप्रकृतिमैत्री काठका आकर्षक भिल्लाहरू सहभागीहरूको रोजाइमा परेका थिए। सहभागीहरूलेटाइगर फरेस्ट होटललाई केवल होटल मात्र नभई परिवार, साथीभाइ, पिकनिक, विवाह तथाविभिन्न समूहगत कार्यक्रमका लागि उपयुक्त प्राकृतिक गन्तव्यका रूपमा वर्णन गरेका थिए।
बुटवल नजिकै शान्त, व्यवस्थित र हरियाली वातावरणसहितको यस्तो आकर्षक स्थल हुनुपर्यटन प्रवर्द्धनका दृष्टिले सकारात्मक पक्ष भएको उनीहरूको भनाइ थियो।सुरक्षित, व्यवस्थित र उत्साहपूर्ण रूपमा सम्पन्न भएको यस स्कुटर यात्राले सहभागीहरूबीचआत्मीय सम्बन्ध अझ बलियो बनाउनुका साथै टाइगर फरेस्ट होटललाई आन्तरिक पर्यटनतथा छोटो दूरीको उत्कृष्ट विश्रामस्थलका रूपमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेकोविश्वास गरिएको छ।