काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन र चाँदी दुवैको मूल्य बढेको हो ।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको हो ।