ललितपुर– निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको छ। प्रत्यारोपणपछि आवश्यक उपचार तथा विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई अस्पतालबाट सफलतापूर्वक डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

बालिकाकी ३३ वर्षीया आमाले आफ्नै कलेजोको केही हिस्सा छोरीलाई दान गरेकी हुन्। सफल प्रत्यारोपणपछि बालिकाको स्वास्थ्य अवस्था स्थिर तथा सन्तोषजनक रहेको र आवश्यक उपचार तथा विशेषज्ञ निगरानीपछि उनलाई घर पठाइएको अस्पतालले जनाएको छ।