नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभाको बैठकमा कविता सुनाएका छन् ।
शुक्रबार शून्य समयमा बोल्दै उनले महंगीका सम्बन्धमा कविता सुनाएका हुन् ।
महँगीका कारण किनमेल गर्नै नसकिने आसयको कविता सुनाउँदै उनले जनताको दशैं कसरी टर्छ भनेर सरकारको जवाफसमेत मागेका छन् ।
पन्तले संसदमा सुनाएको कविता यस्तो छ–
खल्तीमा तलब हालेर हिँड्यो बजारचामलको बोराले नाघ्यो तीन हजाररहर दाल किलोको २५०बजार भाउ सुन्दा गुम्छ होस हवास
तरकारीले भाउ नै नसोध भने झैँ गर्छगोलभेँडाले के किन्लास् तैँले भनेर आँखा तर्छदशैं पेस्की आउने कहिले कहिले, पेस्कीमा महंगी आयोसरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिले नै अँध्यारो छायो
आउन लागेको दशैं सम्झेर जनता मुर्छा पर्छसरकार गरिबको दशैं यसपाली कसरी टर्छ ?मेरो प्रश्न छ– जवाफ देउ सरकार, जनताको दशैं यसपाली कसरी टर्छ ?








