काठमाडौं । कामना सेवा विकास बैंकले कुलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरूलाई शैक्षिक तथा अन्य आवश्यक सामाग्री सहयोग गरेको छ ।

बैंकले शाखा कार्यालय कुलेश्वर मार्फत विद्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक सामाग्री तथा पोशाक सहयोग गरेको हो । बैंकका काठमाडौं क्षेत्र प्रमुख केदार नाथ शर्माले विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।