विश्व भ्रमणमा निस्किएको लक्जरी क्रुज पानीजहाजले इन्धनको असाध्यै उच्च मूल्यका कारण सेवा स्थगित गरेको छ । त्यसपछि त्यसमा सवार यात्रुहरू कम्बोडियामा अलपत्र परेका छन् ।

अमेरिकामा मुख्यालय रहेको ‘भिल्ला भि ओडिसी’ सञ्चालन गर्ने कम्पनीले यात्रुहरूलाई जहाजबाट ओराल्ने योजना र ‘अस्थायी बसोबासको व्यवस्था’ मिलाउन काम गरिरहेको जनाएको छ ।