धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा भारी हिमपातपछि सम्पर्कविहीन भएका युवक मृत अवस्थामा फेला परेका छन्।
कञ्चनपुरको बेदकोट नगरपालिका–दैजी घर भएका २० वर्षीय मनिष बोहरा शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए। उनको आइतबार बिहान बडीमालिकास्थित त्रिवेणी पाटन नजिकै शव फेला परेको हो।








