भारतमा चाडपर्वको सुरुआतसँगै डिजिटल भुक्तानी प्रणाली युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) ले कारोबारको नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ ।

अक्टोबर महिनामा यूपीआईमार्फत हुने दैनिक औसत कारोबार रकम पहिलोपटक १० खर्ब भारतीय रुपैयाँ नाघेको हो । सोही अवधिमा दैनिक औसत कारोबार संख्या ८२ करोड २० लाख पुगेको छ । यो यूपीआईको इतिहासमै अहिलेसम्मकै उच्च दैनिक संख्या हो ।