पाली कांग्रेसका सभापति गगनकुमार थापाले सिँचाइ विभागका महानिर्देशकसहितका कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएर दबाब दिइएको घटनाप्रति आपत्ति जनाएका छन्। उनले कर्मचारीमाथि कुनै आरोप वा गल्ती भए पनि स्थापित कानुनी प्रक्रियाअनुसार अनुसन्धान र कारबाही हुनुपर्ने बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र अर्को योजनासँग सम्बन्धित कर्मचारीलाई नियन्त्रणमा लिएर दबाब दिइएको घटनालाई आपत्तिजनक भनेका हुन्।