नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउँदै बजारको गहिराइ तथा विविधीकरण गर्ने उद्देश्यले नयाँ वित्तीय उपकरण विकास तथा सञ्चालन व्यवस्थापनसम्बन्धी समिति गठन गरेको छ ।
बोर्डका कामु कार्यकारी निर्देशकको संयोजकत्वमा गठन गरिएको समितिमा नेपाल राष्ट्र बैंकका निर्देशकस्तरका प्रतिनिधि, नेपाल स्टक एक्सचेन्जका प्रतिनिधि, मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिसहित सात सदस्य रहेका छन् ।








