नेपाली कांग्रेसको १५औं महाधिवेशनपछिका दस्तावेज अध्यावधिक गर्न महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा कांग्रेसको टोली निर्वाचन आयोग पुगेको छ ।

असोजमा सम्पन्न महाधिवेशनबाट कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भएका थिए । कांग्रेसका पदाधिकारी २० सहित २६२ केन्द्रीय कार्यसमितिका सदस्यहरूको नाम अद्यावधिक गर्न महामन्त्री पौडेल निर्वाचन आयोग पुगेका हुन् ।