नयाँ तथा अपरिचित व्यक्तिहरूसँग व्यावसायिक सम्बन्ध (प्रोफेसनल नेटवर्किङ) गाँस्न र विस्तार गर्नका लागि अमेरिका विश्वकै सबैभन्दा अनुकूल देश बनेको छ ।

इभेन्ट लिड–क्याप्चर तथा एआई ब्याज–स्क्यानिङ प्लेटफर्म वेभ कनेक्टले गरेको एक विश्वव्यापी अध्ययनले यस्तो देखाएको हो । अध्ययनअनुसार, यस सूचीमा बेलायत दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा रहेका छन् ।