मंगलबार राति अमेरिका मात्र नभई विश्वका धेरै मानिसको ध्यान हालैका वर्षहरूमध्ये सबैभन्दा कडा प्रतिस्पर्धा हुने मध्यावधि निर्वाचनमध्ये एकमा केन्द्रित हुनेछ ।
अमेरिकी प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका १०० मध्ये ३५ सिटका लागि निर्वाचन हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीबाट दुवै सदनको नियन्त्रण खोस्ने आशामा डेमोक्रेटिक पार्टी रहेको छ ।






