जिल्ला कारागार कार्यालय डोल्पाबाट सुरुङ खनेर कैदी फरार भएको घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटा डोल्पा पुगेका छन् ।
उनीसँगै प्रहरीको हेडक्वाटरबाट आएको पाँच सदस्यीय टोली पनि डोल्पा पुगेको छ । शुक्रबार राति कारागार भवनको सेफ्टी ट्यांकीतर्फको भागबाट सुरुङ खनेर जबरजस्ती करणी र चोरी मुद्दामा कैद र पुर्पक्षका लागि थुनामा रहेका आठजना भागेका थिए ।








