जापानको राजधानी टोकियोस्थित एक पसलबाट चोरी भएको करिब २ लाख ९० हजार अमेरिकी डलर मूल्यको स्विस लक्जरी घडी माफीपत्रसहित फिर्ता गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार चोरी भएको करिब एक सातापछि घडी प्याकेजमार्फत पसलमै फिर्ता पठाइएको हो । घडीसँगै ‘माफ गर्नुहोस्’ लेखिएको हस्तलिखित नोटसमेत भेटिएको बताइएको छ ।








