दार्चुलाको अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि तीनदिने ‘अपि हिमाल पर्यटन महोत्सव २०८३’ सुरु भएको छ ।

अपि हिमाल गाउँपालिका–१ स्थित पिल्कन्द, अपिहिमाल आधार शिविर क्षेत्रमा आयोजना हुने महोत्सवमार्फत गाउँपालिकाले अपि हिमालको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको छ ।