नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संस्थापनले बीपीको विचार र सहमतीय पद्धती त्यागेको आरोप लगाएको छ।

समूहका तर्फबाट मंगलबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका संस्थापक बीपी कोइरालाको मूल विचारलाई नै लत्त्याएको आरोप लगाए । उनले कांग्रेसको परम्परागत पार्टी सञ्चालन विधिलाई समेत ध्वस्त पारिएको आरोप लगाए ।