नेपालमा तास खेल्नेहरूमाथि प्रहरीले धरपकड गरिरहेका बेला विदेशबाट भने लाखौँ बट्टा तास भित्रिने गरेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन–असोज) मा मात्रै नेपालमा ११ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको तास आयात भएको छ ।
भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार दसैँ–तिहारलाई लक्षित गर्दै उक्त अवधिमा ३४ लाख २२ हजार ६ सय ६१ बट्टा तास नेपाल भित्रिएको हो । चाडपर्वका बेला तास खेल्ने प्रवृत्ति बढ्ने भएकाले यसको आयात पनि उल्लेख्य देखिएको छ ।








