मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णसँग उहाँले आज बिहान प्रदेशप्रमुखको कार्यालयमा शपथ लिनुभएको हो ।
प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न मङ्सिर ४ गते अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।








