दिल्लीमा नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलन प्रत्यक्ष हेरिरहँदा मनमा एउटा प्रश्न बारम्बार आइरह्यो– नेपालले यसपटक साँच्चै नयाँ उपलब्धिको आधार तयार गरेको हो कि विगतमा जस्तै कार्यान्वयन नहुने प्रतिबद्धताको अर्को सूची थपिएको हो ?

त्यसैले मेरो नजर बालेन शाह र नरेन्द्र मोदीले व्यक्त गरेका कूटनीतिक सद्भावमा भन्दा संयुक्त वक्तव्यमा थियो। नेपालले प्राप्त गरेका सहयोग तथा सहकार्यका क्षेत्र र त्यसले नेपालको आगामी दशकको आर्थिक तथा रणनीतिक दिशामा पार्न सक्ने प्रभाव महत्त्वपूर्ण थियो । पत्रकार सम्मेलन सकिँदासम्म मेरो अनुभूति मिश्रित थियो– केही सकारात्मक सम्भावनाले उत्साहित बनायो, तर विगतका अनुभवले धेरै प्रश्न पनि उब्जाए ।