काठमाडाैं, २४ असार
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि लगाएको आरोप फिर्ता नलिएसम्म संसद् चल्न नदिने चेतावनी दिएका छन्।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्ड र उनको समूहले आफूमाथि गम्भिर आरोप लगाएको र सो आरोप फिर्ता नभएसम्म आफूले कुनै सहमति नगर्ने अध्यक्ष ओलीले बताए।