साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१५ साउन

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ।

साउन महिना वर्षात् समय भएकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खीर खाने गरिन्छ । खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खीर खाने गरेको पाइन्छ ।

साउन महिनामा गाउँघरमा पनि खेतिपातीकाे काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। धेरै घाँस पाइने बेलामा  गाई,, भैँसीले पनि धेरै दुध दिन्छन्। दुध धेरै भएपछि इष्टमित्र, चेलबेटी लाई घरमा बोलाएर खीर खाने चलन चलेको हो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।