पक्राउ परेकी अधिवक्ता भगवति पाण्डे थुनामुक्त

समाचार शेयर गर्नुहोस्

काठमाडौं,१८ साउन

केही समुदायका विवाह संस्कारका विषयमा दिएको विवादास्पद अभिव्यक्ति आरोपमा पक्राउमा परेकी अधिवक्ता भगवती पाण्डे थुनामुक्त भएकी छिन्।

जिल्ला अदालतले उनलाइ बुधबारै थुनामक्त गर्न आदेश दिएको हो। जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनी थुनामुक्त भएकी हुन्। उनलाई दुई साताअघि तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा बुधबार पक्राउ गरेको थियो ।

अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन्। उनको सो अभिव्यक्तिप्रति तामाङ समुदायले विरोध गर्दै बुधबार काठमाडौं प्रहरी परिसर घेराउ गर्दै तोडफोडमा उत्रिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।