प्रहरी चारित्रिक प्रमाणपत्र आजदेखि अनलाइनबाटै प्रमाणीकरण गरिने

समाचार शेयर गर्नुहोस्

काठमाडौं, २१ साउन

आजदेखि प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट) लाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने भएको छ ।

परराष्ट्रमन्त्री एन.पी. साउदले आज (आइतबार) कन्सुलर सेवा विभाग त्रिपुरेश्वर पुगेर यो सेवाको शुभारम्भ गरेका छन् ।

अनलाइनबाटै प्रमाणीकरण गर्न सकिने भएपछि विदेशमा रोजगारी तथा अध्ययन गर्न चाहनेहरुले घरबाटै रिपोर्ट प्रिन्ट गर्न सक्नेछ ।

अनलाइन प्रणालीबाट फारम भर्ने र रिपोर्ट लिने व्यवस्था सञ्चालनमा आएपछि प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि सेवाग्राही स्वयम उपस्थित हुनुपर्ने, काठमाडौं आएर घण्टौं लाइन बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।